दाङमा हावाहुरीसहितको बर्षाले घर भत्किदा एकको मृत्यु

तुलसीपुर, १९ जेठ ।दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो । घरमा उनको श्रीमतिसहित थिए ।


तर, श्रीमति भाग्न सफल भएकाले सकुसल रहेकी छन् । उनको घरको पूर्वतर्फको भाग भत्किएको थियो । उनका एक छोरा र एक छोरी अन्तै बस्दै आएका छन् । पाँच बर्ष अघि उक्त घर बनेको थियो ।