तुलसीपुर ६ को माघी मिलन

तुलसीपुर, २८ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ ले माघी मिलन कार्यक्रम गरेको छ । शनिबार माघी मिलान कार्यक्रम गरेको हो । त्यस अवसरमा पूर्व सांसद् तथा उद्यमी शान्ता चौधरीले नागरिक उद्यमशिल बन्नुपर्ने बताईन् ।

थारु समुदायको महान् पर्व माघी तथा नयाँ वर्ष सुरु हँुदै गर्दा थारु समुदाय सधैँ पछि पारिएको भन्दै गर्दा उनले पछि पारिएको नभएर आफैँ पछि परेको होकी भन्ने आफूलाई लागेको बताईन् । बोल्न डराउने, केही नयाँ काम गर्न डराउने जस्ता कारणले आफैँ संघर्ष नगरेका कारण पछि परेको भन्दै संघर्ष गर्न उनले आग्रह गरिन् ।

थारु समुदाय विशेष गरी शिक्षाबाट केही पछाडि रहेकाले आफू पनि अहिले स्नातक तहको विद्यार्थी भएको भन्दै सबै जनालाई पढ्न र पढाउन आग्रह गरिन् । अध्ययन नगर्दासम्म कहिले पनि अगाडि बढ्न नसक्ने भन्दै अध्ययन र सीप सिकेर उद्यमी बन्न सुझाव दिइन् ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले निराशाका मात्रै कुरा नगरेर आशाका कुराहरु गर्ने बताए । अधिकारका कुरा गर्ने, आफ्ना अधिकार माग्ने, शिक्षित हुन आग्रह गरे । थारु समुदायले पनि चाहेपछि गर्न नसक्ने केही नभएको भन्दै नयाँ कामको भेरै सम्भावना रहेकाले नयाँ काम गर्न सुझाव दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ उत्तर कपडादेवीका महतवा बुझौना चौधरी, तुलसीपुर ७ मोतीपुरमा महतवा छोटीलाल थारुलाई सम्मान गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डाक्टर नहकुल केसी, वडा सदस्य तथा न्यायिक समितिका सदस्य देवी पोख्रेल, वेदु बुढाथोकी, श्रमलाल चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

६ नम्वर वडाका विभिनपन गाउँका मघौटा नाच प्रदर्शन गरिएको िथयो । कार्यक्रममा उपस्थित सबै जनालाई ढिक्री, घोङ्घी खुवाईएको थियो । वडा सदस्य तथा कार्यपालिका सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार निता चौधरीले गरेकी थिइन् ।