वार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निराश पाण्डे
शान्तिनगर,२२ असार ।
आइ एन एफ दाङ शाखाको आयोजनामा एक दिने वार्षिक सामाजिक परिक्षण कार्यक्रम शान्तिनगरको चिराघाटमा बिहिवार सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आइ एन एफका हरेक कार्यक्रम उत्कृष्ट रहेको हुनाले आगामी दिनहरुमा अझै कार्यक्रम प्रभाव कारी हुँदै जाने कुरामा बिश्वास व्यक्त गर्नु भएको छ।


कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष बस्नेतले आउने नयाँ वार्षिक कार्यक्रम शान्तिनगरका सात ओटै वडाहरुमा सञ्चालनका गर्नका लागि आयोजक संस्थालाई सुझाव दिनु भएको छ। कार्यक्रममा, वडा नम्बर तिनका अध्यक्ष मीन बहादुर के सी, सहभागी तर्फबाट रञ्जिता बोहरा, सदिक्षा चनरा, साबित्रा आचार्य त्यसै गरि प्रभा के सी र उषा पौडेलले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

कार्यक्रमको उद्देश्य माथी आइ एन एफ दाङ शाखाका परियोजना प्रमुख कृष्ण बहादुर ओलि गर्नु भएको थियो भने सहजीकरण भरत देबकोटाले गर्नु भएको थियो । परियोजनाले शान्तिनगर र बबई गाउँ पालिकामा विगत ५ वर्ष अघि देखि मानव बेचबिखन र लैंगिक हिंसा विरुद्धमा काम गर्दै आएको छ। उक्त कार्यक्रमको सञ्चालन संस्थाका सुभर भाइजर चुल्लु चौधरीले गर्नु भएको थियो।