
दाङ, २८ पुस । जिल्ला भुमी समस्या समाधान आयोग दाङको अध्यक्षमा एमालेका नेता हुकुम बस्नेत नियुक्त भएका छन ।
नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत मन्त्री बलराम अधिकारीले बस्नेतलाई मन्त्री स्तरीय निर्णय गर्दै अध्यक्षमा नियुक्त गरेका हुन ।
बस्नेत गएको चुनाबमा प्रदेश सभा सदस्यको चुनाब हारेका हुन । एमालेका पुर्ब जिल्ला अध्यक्ष समेत रहेका बस्नेत एमाले लुम्बिनी प्रदेश कमिटिको सचिबालय सदस्यको जिम्मेवारीमा छन ।



लाइभदाङ । २८ पुष २०८१, आईतवार ११:११ बजे