‘दुर्घटना न्यूनिकरण गर्न सडक सुधार आवश्यक’

दाङ, २१ पुस ।
पछिल्लो समय दाङमा दुर्घटना बढिरहेका छन् । विगत भन्दा यस वर्ष दुर्घटना बढेपछि सरोकारवालाले पनि चासो देखाएका छन् । रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आइतबार तुलसीपुरमा आयोजना गरेको ‘बढ्दो सवारी दुर्घटना न्यूनिकरणमा हाम्रो चासो’ विषयक साक्षात्कार कार्यक्रममा सडकको अबस्थाले दुर्घटनाको जोखिम बढिरहेको बताएका थिए ।

सडक सुरक्षामा नेपाल उच्च जोखिममा रहेको भन्दै सडक सुरक्षामा ध्यान दिनुपर्ने लुम्विनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताए ।

त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लामा सडक सुरक्षाको अबस्था कमजोर भएको बताए । उनले विपद्को एउटा जोखिम सडकले पनि बढाएको बताए । मापासे लामासे लगायतले पनि दुर्घटना बढिरहेको समेत उनको भनाई थियो । दुर्घटनाका विषयमा विद्यार्थीहरुलाई पनि सचेत बनाउनु पर्ने उनको भनाई थियो ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले दुर्घटना न्यूनीकरणका लागि अभियान चलाईरहेको बताईन । कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी टिकाराम रेग्मीले दुर्घटना न्यूनिकरण गर्ने सन्दर्भमा सबै निकाय जिम्मेवार बन्नुपर्ने बताए ।


रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसी, नेपाल पत्रकार महासघ दाङका निबर्तमान अध्यक्ष दुर्गालाल केसी, रासस दाङ प्रमुख नारायणी रजौरे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष केशवराज भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा रिपोर्टर्स क्लव दाङले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा पत्रकारहरुलाई सम्मान समेत गरेको छ ।

त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले स्थापना गरेको बालकृष्ण–जितेन्द्र उत्कृष्ट पत्रकारी पुरस्कार बाट पत्रकार जितसागर जि‍.एम र समाजसेवि प्रमोद लामिछानेले स्थापना गरेको पुरस्कार उत्कृष्ट दुर्गा–मोता लामिछाने पत्रकारीता पुरस्कारबाट पत्रकार यमकला भुसाल र उमा भण्डारीलाई पुरस्कृत गरेको हो । त्यस्तै  शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ज्ञानज्योति फाउण्डेसनका सिइयो सुरेन्द्र जिसीलाई सम्मान गरिएको थियो ।

त्यस्तै रासस प्रमुख नारायणी रजौरेले रिपोर्टस क्लबमा ५१ हजार रूपैयाको रासीको अक्षयकोष स्थापना गरेकी छन् । उनले प्रत्येक वर्ष कृयाशिल पत्रकारहरुलाई पुरस्कार वितरण गर्ने बताइन् । कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गरेका थिए ।