बबईको एउटा गाउँ : जहाँ बर्षा लाग्यो भने विद्यार्थी पढ्नबाट बञ्चित हुन्छन्

बबई, २९ मंसिर । दाङको बबई गाउँपालिकाको एउटा गाउँ ः जहाँका विद्यार्थीहरु बर्षाद लाग्यो भने पढ्नबाट बञ्चित हुन्छन् । त्यतिमात्रै होईन्, गाउँमा कोही विरामी परेपनि कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ ।

एक हिसाबले त्यो गाउँ नै विरानो बस्ति जस्तो हुन्छ । ‘वारी विद्यालय हुन्छ, पारी गाउँ छ’ स्थानीय गंगाराम विकले भन्नुभयो‘तर वारीबाट पारी हेर्ने मात्रै हुन्छ, पुग्न सकिदैन ।’ उनीहरुको सम्बन्ध विच्छेद हुने एउटा कारण हो : बर्षादमा आउने खोलाको भेल । बबई गाउँपालिका वडा नं. २ मा पर्ने ठूलाचौर गाउँका नागरिकहरु बर्षादमा ट्वाङखोलामा आउने बाढीले गर्दा वारीपारि गर्न सक्दैनन् ।

विद्यार्थीहरु पनि बर्षा भरि विद्यालय जान पाउँदैनन् ।“जब बर्षा लाग्छ, विद्यार्थीहरु पनि विद्यालय जाँदैनन्, पारी विद्यालय छ”, स्थानीय दिला विश्वकर्माले भनिन्‘ बर्षा भरि विद्यालय नगएर घरै बस्न बाध्य हुन्छन् ।’ खोलामा पुल नुहुँदा यसरी बर्षेनी समस्या भोग्नु परेको उनको भनाई थियो ।

त्यो खोलामा आसपासमा पनि पुल छैनन् । मान्छे विरामी परेमा पनि अस्पताल लैजान समस्या हुने गरेको उनको भनाई छ ।“खोला ठूलो आउछ, मान्छे विरामी पु¥यो भने पनि कसरी अस्पताल लैजाने भन्ने समस्या हुन्छ’, उनले भने ।


पुल बन्न थालेपछि खुसी
सोही स्थानमा अब भने पुल बन्ने भएको छ । पुल बन्ने भएपछि स्थानीय खुसी भएका छन् । “हामीलाई सबै भन्दा ठूलो समस्या पुल कै थियो”, स्थानीय दिला विश्वकर्माले भनिन्“अब पुल निर्माण हुन्छ, की भन्ने आशा जागेको छ, यो बनेपछि हामीलाई धेरै सहज हुनेछ ।” लुम्बिनी प्रदेश सरकारको लगानीमा उक्त पुल निर्माण हुन लागेको हो । त्यसकालागि सर्वेको काम भइसकेको छ । निर्माण हुन लागेको झोलुंगे पुलकालागि पहिलो चरणमा १५ लाख बजेट आएको भन्दै त्यसमा आबश्यकता अनुसार थप्दै जाने लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री विमला कुमारी खत्री(वली)ले जानकारी दिइन । “अहिले पहिलो चरणमो १५ लाख बजेट आएको छ, यसमा अझै थप्नु पर्छ होला”, उनले भनिन्“त्यसकालागि पहल भइरहेको छ ।” ठूलाचौर–घुरिन्डाडा जोड्ने उक्त पुल करिब १३० मिटर हुनेछ । ठूलाचौरमा करिब २० घर छन् । त्यहाँका मात्रै करिब ३०÷३५ जना विद्यार्थीहरु नियमित विद्यालय जाने गरेका छन् ।

जग्गा कटानको पनि समस्या
सोही खोलाले खेतियोग्य जग्गा कटान पनि गर्ने गरेको छ । त्यसको व्यबस्थापन आबश्यक रहेको स्थानीय युवा यज्ञबहादुर वलीले बताए ।“बर्षेनी खेतियोग्य जमिन कटान गर्ने समस्या छ, त्यसकालागि जाली लगाउन आबश्यक छ”,उनले भने ।

May be an image of 5 people, people standing, outdoors and text