बाजुरा भूकम्प अपडेट: १६ घरमा क्षति

बाजुरा, ६ पुस ।
बाजुरामा शनिबार बिहान गएको भूकम्पका कारण १६ घरमा क्षति पुगेको छ । जगनाथ गाउँपालिका वडा नम्बर–५ को गोत्रीमा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा भने क्षति पुगेको छ । भूकम्पबाट १६ घर चर्किएका छन्। चर्किएको घर बस्न लागयक नभएको र गत वर्ष माघ १० गतेस्वामिकार्तिक गाउँपालिकाको मेलामा केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्पले चर्किएका घरमा थप क्षति रहेका छ ।

यती बेला फेरि भूकम्पले घर हल्लाएपछि घर छोडेर बाहिर आएका कारण मानवीय क्षति भने भएन। तर घर भने बस्न लायक नहुने गरेर चर्किएको जगनाथ गाउँपालिका वडा नं. ५ का स्थानीय अनिराम दमाइले बताउनुभयो ।


उहाँले भन्नुभयो, “बिहान घरमा सुतिरहेको बेलामा भूकम्प आएको हो । त्यसले घरमा सुतेको बेला निकै हल्लाएपछि हामी तुरुन्त बाहिर आएर बस्यौं।” चर्काइएको जगनाथ गाउँपालिका–५ का वडा अध्यक्ष गौरी सार्कीले भूकम्पका कारण स्थानीयका घर चर्किएको जानकारी दिनुभयो । उहाँले भूकम्पबाट कुनै मानवीय क्षति भएको बताउनुभयो।

उहाँले भन्नभुयो, “अहिले कती घर चर्किएका छन् । सबै कती घर भत्किए भन्ने कुरा एकिन भएको छैन। अहिले माथिल्लो तल्लो गोत्रीमा गएर चर्किएका घरको तथ्याङ्क लिने काम भइरहेको छ ।” चर्किएका घरको सबै तथ्याङ्क सङ्कलन गरी सकेपछि पीडितलाई के कसरी राहत दिन सकिने त्यसको बारेमा छलफल गरिने वडा अध्यक्ष सार्कीले बताउनुभयो ।