तुलसीपुरमा दिप प्रज्वलन गरि १६ दिने अभियानको समापन

तुलसीपुर, २५ मंसिर। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको मंगलबार समापन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक शाखाले दिप प्रज्वलन गरि समापन गरेको हो । सामाजिक बिकास समिती संयोजक मान बहादुर रावतको अध्यक्षतामा कार्यक्रम सम्पन्न हो ।


विभिन्न संघ सस्थाहरुको सहकार्यमा हिंसा गर्दिनँ, हिंसा पनि सहन्न” भन्ने प्रतिबद्धता जनाउँदै पहिलो दिन सेतो रिबन लगाएर अभियान सुरुवात गरिएको थियो ।

साथै १६ दिनसम्म बिभिन्न सचेतनामुलक कार्यक्रम गरिएको थियो । कार्यक्रमको सहजीकरण शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।