तुलसीपुरमा सुनचाँदी व्यवसायीद्धारा भेटघाट कार्यक्रम

तुलसीपुर, २२ मंसिर ।
तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरले ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक अनिल ठकुरीसंग आज (शनिवार) भेटघाट कार्यक्रम गरेको छ । संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षता एवं प्रहरी प्रमुख ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा बोल्ने बक्ताहरुले व्यवसायीक सुरक्षाका बारेमा धारणा राखेका थिए ।

उनीहरुले व्यवसायीहरुको लगानी सुरक्षितका लागी चोरीका घटना न्युनीकरणमा सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने बताएका थिए । सुनचाँदीका गरगहना कारोबार गर्ने क्रममा कहिलेकाँही सामान्य गल्ती हुदा पनि समयमै प्रहरी र व्यवसायी संघ बिच आवश्यक समन्वय नहुदा व्यवसायीहरुले अनावश्यक दुःख पाउने गरेको भन्दै उनीहरुले त्यस्ता समस्या आएमा समन्वय गर्न सुझाव दिएका छन् । सो अवसरमा बोल्दै प्रहरी नायव उपरिक्षक ठकुरीले तुलसीपुरमा शान्ती सुरक्षा व्यवस्थापनलाई चुस्तदुस्त बनाउन रातदिन नभनी मेहनत गर्दै आएको बताउनु भएको छ ।


उहाले सुनचाँदी व्यवसायीहरुको पिरमर्कालाई नजिकबाट बुझेको बताउदै उहाले स्वयम व्यापारीले पनि आफनो सुरक्षाका निम्ति प्रत्येक पसलमा भित्रबाहिर सिसिक्यामेरा राख्नुपर्ने, सटरहरु राम्रो संग बन्द गर्ने र महत्वपुर्ण सरसमानहरु सुरक्षित ठाउँमा राख्ने जस्ता कुरालाई ध्यान दिनुुपर्ने बताउनु भएको छ । साथै आफु आएको दुई महिनाको अवधीमा चोरीका घटनाहरुमा कमी आएको उहाले बताउनुभयो । संघका बरिष्ठ उपाध्यक्ष ईन्द्रविर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु लोक बहादुर स्वर्णकार, मदन केसी, सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश समिति सदस्य लिला बहादुर वली , संघका सल्लाहकारहरु जोगेन्द्र विश्वकर्मा, मिनराज वली, संघका सदस्य हिरा सुनार र व्यवसायी निपुन सुनार लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण संघका महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो । साथै कार्यक्रममा डिएसपी ठकुरीलाई मायाको चिनो प्रदान गरिएको थियो भने महासंघका केन्द्रिय सदस्य लोक बहादुर स्वर्णकारलाई राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको केन्द्रिय सदस्य भएकोमा हार्दिक बधाई ज्ञापन गरिएको कार्यालय प्रमुख रामचरण गुप्ताले जानकारी दिनुभयो ।