माओवादीको सुशासन अभियानलाई जनताले अनुमोदन गरेः अपार

तुलसीपुर, २१ मंसिर । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद शर्मा(अपार)ले जनताले माओवादी केन्द्रको सुशासनको अभियानलाई अनुमोदन गरेको बताएका छन् ।

उपनिर्वाचन मार्फत त्यो कुरा अनुमोदन भएको भन्दै आगामी ०८४ मा हुने निर्वाचनमा पनि माओवादीलाई जनताले बहुमत दिएर पठाउने समेत बताए । पार्टीको तुलसीपुर ८ को तेस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य समेत रहेका उनले यस्तो बताए । मुलुकमा ब्यबस्था परिबर्तनकालागि माओवादीले गरेको योगदानलाई जनताले बुझेको समेत उनले बताए ।


यसको कार्यान्वयन पनि माओवादी कै नेतृत्वमा हुनुपर्ने कुरा जनताले बुझेको उनको भनाई थियो । पार्टीका वडा इन्चार्ज विरबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी, लेखा आयोग सदस्य रामबहादुर दहित, प्रदेश कमिटि सदस्य प्रेमराज वली ‘प्रभात’, केन्द्रिय वातावरण आयोगका सदस्य डिल्लीबहादुर रावत, प्रदेश परिषद सदस्य सीता वली,पार्टीका तुलसीपुर नगर अध्यक्ष मोहन थापालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
अध्यक्षमा वली
यस्तै पार्टीको वडा कमिटिको अध्यक्षमा केशव वलीलाई चयन गरिएको छ ।

त्यस्तै उपाध्यक्षमा चित्रबहादुर जीसी, सचिबमा रमेश विक, सहसचिबमा पुष्पा सुवेदी कडेँल र कोषाध्यक्षमा उमेश देवकोटालाई चयन गरिएको छ ।