दाङ
२७ मंसिर / दाङमा कोइलाखानीमा च्यापिदा एक व्यक्तीको मृत्यु भएको छ ।
सोमबार दिउसो १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १ दाङ्जामा भन्ने स्थानमा रहेको पशुपति कोईलाखानी उद्योगमा काम गर्ने घोराही उप–महानगरपलिका वडा नंं १९ निवासी ४६ बर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार खानीको सुरुङ भित्र च्यापिदा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
लाइभदाङ । २७ मंसिर २०७८, सोमबार १८:०७ बजे