
तुल बहादुर कवँर मगर
सिसहनियाँ, २१ मंसिर ।
दाङको राप्ती गाउँपालिकामा बिहीबार २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ।
“विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुकाे भूमिका,स्वस्थ समाज निर्माणमा सहभागीता” भन्ने नारासहित साे दिवस मनाइएको हाे।
सिसहनियाँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयमसेविकाकी अध्यक्ष श्यामा रावतको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष विष्टले स्वास्थ्य क्षेत्रमा महिला स्वयंसेवीकाहरुकाे याेगदान अतुलनीय रहेको बताउनुभयो ।
समाजमा जनचेतना फैलाउने र दुरदराजका जनतामा स्वास्थ्यको प्रारम्भिक जग बसाल्न स्वयंसेवीकाहरुकाे प्रमुख भुमिकाको रहेको बताउदै अध्यक्ष विष्टले पालिकाले उनीहरूको उचित मुल्यांकन गर्ने बताउनुभयो ।
साे अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रमाणपत्र सहित दाेसल्ला ओढाएर सम्मान गरिएको थियोे ।
कार्यक्रममा राप्ती गाउँपालिका-५, नम्बर वडा अध्यक्ष तथा स्वास्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष देव प्रसाद चाैधरी, राप्ती गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत पदम प्रसाद पौडेल, स्वास्थ्य चौकी सिसहनियाँका इन्चार्ज धनबहादुर खड्का, स्वास्थ्य चौकी व्यवस्थापन समिती सदस्य इश्वरीप्रसाद अधिकारी, राप्ती गाउँपालिका-५ नम्बर वडा सचिव कल्पना खनाल,डाक्टर अमृत राज सुवेदी,श्रवण कुमार चाैधरी लगायत स्वास्थ्य चौकी व्यवस्थापन समिती सदस्य,स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरुकाे सहभागीता रहेको थियो ।
महिला स्वास्थ्य स्वयमसेविका छबा केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन समितीकी सचिव कुसुम चौधरीले गर्नु भएको थियो ।
दिवस समरोह शुरु हुनु अघि विभिन्न स्वास्थ्य सन्देश मूलक नारा लगाउँदै महिला स्वास्थ्य स्वयमसेविकाहरुको एक र्यालीले सिसहनियाँ बजार परिक्रममा गरेको थियो । र्यालीपछि सिसहनियाँ स्वास्थ्य चौकीको सभाहलमा पुगी औपचारिक समारोहमा परिणत भएको थियो ।
यसैगरी लालमटिया स्वास्थ्य चाैकी भालुबाङमा पनि साेही कार्यक्रम सम्पन्न भएको बताइएको छ।



लाइभदाङ । २१ मंसिर २०८१, शुक्रबार ०७:१९ बजे