घोराही, १९ मंसिर ।
गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले घोराही १३ मा रहेको बृद्धाआश्रमका वृद्धवृद्धाहरुलाई सहयोग गरेका द्धन । गुरुकुल एकेडेमीका कक्षा १२ ब्यबस्थापन संकायका विद्यार्थीहरुले बृद्ध बृद्धाहरुलाई जाडोमा लगाउने टोपि ,शौचालय प्रयोगका लागि हार्फिक , फलफुल र अन्य खाद्यान्न सामग्रिहरु सहयोग गरेका हुन ।
कक्षा १२ विद्यार्थीहरुले गत जेष्ठ महिनामा ब्यबहारीक ज्ञान लिनका लागि बजारका विभिन्न ठाँउहरुमा पानि पुरी, चटपटे, आइसक्रिम लगायतका सामग्रिहरु राखेर ब्यबसाय गरेका थिए । सोहि ब्यबसायबाट आम्दानि भएको रकम रु ३ हजार ५ सय र कक्षा १२ विज्ञान संकायका विद्यार्थीहरुको शैक्षिक भ्रमणबाट बचत भएको रु ३ हजार ५ सय गरी जम्मा ७ हजार बराबरको सामानहरु बृद्धाआश्रममा सहयोग गरीएको गुरुकुल एकेडेमी घोराहीका प्लस टु संयोजक राजन अधिकारीले जानकारी दिनुभयो ।
विगतका वर्षहरुदेखि नै कक्षा १२ का विद्यार्थीहरुले सैदान्तिक सहित ब्यबहारीक ज्ञान संगै यसबाट भएको आम्दानि रकम समाजसेवामा लगाउने गरेका छन । उनिहरुले ६/७ जनाको समुह बनाएर बजारका विभिन्न मुख्य चोकहरुमा ब्यबसाय गरेका थिए ।
गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा.कृष्णराज डिसिको नेतृत्वमा प्लस टु संयोजक राजन अधिकारी र संस्कार प्रमुख भुगोल कँवर मगरको उपस्थितिमा तेरौटेमा रहेको बृद्धाआश्रममा एक कार्यक्रमका बिच विद्यार्थीहरुले सहयोग गरेका हुन । यो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई विद्यार्थीहरुले धन्यवाद समेत ज्ञापन गरेका थिए ।
लाइभदाङ । १९ मंसिर २०८१, बुधबार २०:२२ बजे