तुलसीपुर, १३ मंसिर ।
दाङको तुलसीपुरमा एक युवाले एक करोड बढिको लगानीमा मोबाइल पसल सञ्चालनमा ल्याएका छन् ।
खडक पुनले तुलसीपुरको वीपी चोकबाट राप्ती इलेक्ट्रोनिक एण्ड मोबाइल सेन्टर संचालनमा ल्याएका हुन् । जहाँ जुनसुकै कम्पनीका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक सामानहरू विक्री वितरण हुनेछ । उनले युवाले स्वदेशमै ब्यापार, ब्यबसाय गर्नुपर्ने भन्दै यस्तो कार्य गरिएको बताए ।
ठूलो रकम खर्च गरेर विदेश जानुभन्दा स्वदेशमै पसिना बगाए आम्दानी गर्न सकिने समेत बताए । उनले मोवाईल पसलमा ७ जनालाई रोजगारी दिएका छन् ।
उक्त पसलको विहीबार तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले उद्घाटन गरेका हुन् । उनले युवाहरुले यसरी ब्यबसाय सुरु गर्नु सकारात्मक भएको बताए ।
लाइभदाङ । १३ मंसिर २०८१, बिहीबार २२:२९ बजे