
तुलसीपुर, ३ पुस ।
दाङकाे तुलसीपुर–६ स्थित मानवसेवा आश्रममा सोमबार वैवाहिक वर्षगाँठको अवसरमा दिवा खाजा–नास्ताको विशेष व्यवस्था गरिएको छ। शिक्षा क्षेत्रका व्यक्तिहरू विष्णु प्रसाद देवकोटा र शोभा गौतम देवकोटा तथा विष्णु कमल न्यौपाने र धना सुवेदी न्यौपानेकाे जाेडीले खाजा खुवाएका हुन् ।
अनाबश्यक खर्च गर्नु भन्दा आश्रममा आश्रित व्यक्तिहरूलाई सहयाेग गरिएकाे हाे । मानवसेवा आश्रमले यस्ता सहयोगात्मक कार्यहरूले आश्रित व्यक्तिहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास समेत व्यक्त गरिएकाे छ ।



लाइभदाङ । ३ पुष २०८२, बिहीबार ०७:१५ बजे