दाङमा यात्रुबहाक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

तस्वीर : दोर्ण आचार्य

दाङ
२६ मंसिर / दाङको तुलसीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तीनजनाको मृत्यु भएको र अन्य १६ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन ।


आईतबार अपरान्ह ४ बजेतिर तुलसीपुर ३ सिरखोला नजिकै दुर्घटनामा परेको हो । गाडीको आफै ‘स्टार्ट’ बन्द भएर ब्रेक नलाग्दा दुर्घटना भएको हो ।

रा १ ज ४३८ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।