अपाङ्गता भएका व्यक्तिको वर्गीकरण र राज्यको दायित्व

बसन्ती ओलि (जुनकेरी)

तुलसीपुर २५ मंसिर ।
अपाङ्गता भएका व्यक्तिहरू पनि यहि राष्ट्रका नागरिक हुन् । राज्यले उपर्युक्त नीतिको तर्जूमा गर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरू पनि राष्ट्रनिर्माणमा सक्रिय रूपमा लाग्न सक्छन् हेर्नु होस् स्टेफिन हकिंगको शरीर कमजोर भए पनि मस्तिष्क कमजोर थिएन । प्रविधिको सहयोगमा भौतिक विज्ञानको क्षेत्रमा ठुलो योगदान पुर्याएका छन् । जो कुनै व्यक्ति कुनै पनि बेला अपाङ्गताको समस्याले ग्रस्त हुनसक्छ । अपाङ्गता हुँदैमा क्षमता विहिन हुने, होइन ।
अपाङ्गता भनेको के हो र यसका वर्गीकरण लगायतका विषयमा आम सर्वसाधारणलाई जानकारी हुनु आवश्यक छ ।

अपाङ्गतालाई राज्यले गरेको वर्गीकरण
१  शारीरिक अपाङ्गताः
२ बौद्धिक अपाङ्गताः
३ बहुअपाङ्गता
४ दृष्टि सम्बन्धी अपाङ्गताः
५ सुनाइ सम्बन्धी अपाङ्गताः
६अटिजम सम्बन्धी अपाङ्गताः
७ श्रवण दृष्टिविहीन अपाङ्गताः
८ स्वर र बोलाइ सम्बन्धी अपाङ्गताः
९ मानसिक वा मनोसामाजिक अपाङ्गताः
१० अनुवंशीय रक्तश्राव हेमोफिलिया सम्बन्धी अपाङ्गताः
यिनी १० प्रकारका अपाङ्गताको बारेमा सामान्य जानकारी तल उल्लेख गरे अनुसारबाट थाहा हुन्छ ।
१ बहुअपाङ्गता एउटै व्यक्ति माथि उल्लिखित अपाङ्गता मध्ये दुई वा दुईभन्दा बढी प्रकारका अपाङ्गताको समस्या भएमा त्यस्तो व्यक्तिलाई बहु अपाङ्गता भएका व्यक्ति भनिन्छ । जस्तैः आँखा नदेख्ने बोल्नपनी नसक्ने आदि ।

२, बौद्धिक अपाङ्गताः उमेरको बृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्तिलाई बौद्धिक अपाङ्गता भएको व्यक्ति भनिन्छ । यस्ता व्यक्तिमा आफुले गरेका क्रियाकलाप राम्रो हो या नराम्रो हो वा गर्न आवश्यक हो या अनावश्यक हो भन्ने कुराको आफैंमा सचेतना हुँदैन । जस्तै डाउन्स सिन्ड्रोम

३, शारीरिक अपाङ्गता स्नायु, मासंपेशी र जोर्नी तथा हड्डीको बनावट एवं सञ्चालनमा समस्या भएको कारणबाट कुनै व्यक्तिको अङ्गको सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या जस्तैः बाल पक्षघात पोलियो, शारीरिक अङ्गविहीन, कुष्ठ प्रभाव, मांसपेशी विचलन जोर्नी र मेरूदण्ड सम्बन्धी स्थायी समस्या, क्लवफीट पैँताला फर्केको, रिकेट्स हड्डी सम्बन्धी समस्याका कारण उत्पन्न अशक्तता तथा सोह्र वर्ष उमेर पुगेको व्यक्तिमा उमेर बमोजिम हुनुपर्ने औसत उचाइभन्दा ज्यादै कम उचाइ भएको व्यक्तिलाई शारीरिक अपाङ्गता भएका व्यक्ति भनिन्छ ।

४ दृष्टि सम्बन्धी अपाङ्गताः दृष्टि सम्बन्धी देहायको समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुने, औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि दुवै आँखाले हातको औँला दश फिटको दूरीबाट छुट्टाउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर ३र६ मा वा चौथो लाइनको अक्षर ६र१८मा पढ्न नसक्ने वा पूर्ण रुपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने व्यक्तिलाई दृष्टिविहिन अपाङ्गता भएका व्यक्ति भनिन्छ ।

५सुनाइ सम्बन्धी अपाङ्गताः सुनाइका अङ्गको बनावट एवं स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने व्यक्ति असी (८०) डेसिबलभन्दा माथिको ध्वनि सुन्न नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति वा सुन्नलाई श्रवण यन्त्र राख्नुपर्ने वा पैँसठीदेखि असी डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्तिलाई सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति भनिन्छ ।

६ अटिज्म सम्बन्धी अपाङ्गताः जन्मजात नशा वा तन्तुको हुनुपर्ने विकास नभएको र सोको कारण उसका कार्यहरुमा समस्या भएको व्यक्तिलाई अटिजम सम्बन्धी अपाङ्गता भएका व्यक्ति भनिन्छ । जस्तोः सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाई हुने तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु, अस्वभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोर्यारहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्ने व्यक्ति

७ श्रवण दृष्टिविहीन अपाङ्गताः सुनाइ सम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्तिलाई श्रवण दृष्टिविहिन व्यक्ति भनिन्छ ।
८ स्वर र बोलाइ सम्बन्धी अपाङ्गताः स्वर र बोलाइ सम्बन्धी अङ्गमा उत्पन्न समस्याका वा सीमितताका कारण तथा बोल्दा स्वरको उतार चढावमा कठिनाइ हुने, बोली स्पष्ट नहुने, बोल्दा शब्द वा अक्षर दोहोर्याउने व्यक्तिलाई स्वर र बोलाइ सम्बन्धि अपाङ्गता भएको व्यक्ति भनिन्छ ।

९ मानसिक वा मनोसामाजिक अपाङ्गताः मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्तिलाई मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्ति भनिन्छ ।


१० अनुवंशीय रक्तश्राव हेमोफिलिया सम्बन्धी अपाङ्गताः अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति ।

माथी छुट्याइएको वर्गभित्र कयौं कुराहरू बाझिन्छन् त्यसैले अपाङ्गतालाई शरिरको अङ्ग, प्रणाली, इन्द्रिय वा अन्य कुनै कुराको आधारमा मात्र वर्गीकरण गर्नुहुदैन । अपाङ्गतालाई जहिलेपनी शरिरको अङ्ग, प्रणाली, वा इन्द्रियमा परेको असरको कारण जीवनमा भोग्नुपरेको असहजता वा त्यसले निम्त्याएको सिमितताको आधारमा वर्गीकरण गर्नुपर्दछ । यसरी वर्गीकरण गर्दा अपाङ्गताको स्पष्ट अवस्था खुलाएर जतिधेरै भागमा वर्गीकरण गर्यो उतिनै प्रभावकारी हुन्छ ।

राज्यले सेवा सुविधा उपलब्ध गराउन सहज बनाउने उदेश्यले यसलाई फेरि चार वर्गमा विभाजन गरेको छ ।
१ पुर्णअशक्त अपाङ्ग

२ अतिअशक्त अपाङ्ग
३ मध्यम अपाङ्ग

४ सामान्य अपाङ्ग

अपाङ्गता भएका पिडितको भोगाइको अवस्था र त्यसबाट उत्पन्न समस्याको अनुसन्धान गरि उनीहरुको अनुभवबाट निस्केका आधारभुत आवश्यकतालाई आधार मानि अपाङ्गता भएका पिडितको भोगाइको अवस्था र त्यसबाट उत्पन्न समस्याको अनुसन्धान गरि उनीहरुको अनुभवबाट निस्केका आधारभुत आवश्यकतालाई आधार मानि व्यक्तिमा रहेको सिमिततालाई सहजीकरण हुनेगरि सरकारी स्तरबाटै यस बिषयको दीर्घकालिन समाधानको कार्ययोजना बनाउन आवश्यक छ । त्यसकोलागी अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न जरुरी हुन्छ ।
१ अपाङ्गता भएको व्यक्तिको सिमितताको अवस्था
२ अपाङ्गता भएको व्यक्तिको रुचि
३ अपाङ्गता भएको व्यक्तिसँग भएको दक्षता
४ अपाङ्गता भएको व्यक्तिको पारिवारिक अवस्था
५ अपाङ्गता भएको व्यक्तिको आर्थिक अवस्था

ख्याल राख्नुपर्ने कुराहरू
१ अपाङ्गताको नाउमा आरक्षण कोटाको दुरुपयोग भएको त छैन रु
२ पहुँच र सेवा सुविधाको दुरुपयोग भएको त छैन रु
३ राजनीतिक आस्थाको आधारमा अनेकौं पदमा नियुक्ति दिइएको त छैन रु
४ सम्बन्धित सरोकारवाला क्षेत्रको पदमा नियुत्त व्यक्तिमा अन्य साथिको पिडाको महसुस गर्नसक्ने संवेदनशीलता कत्तिको छ रु

राज्यले अपाङ्गता भएका व्यक्तिहरूको विषयमा कस्तो नीति बनाउन उपयुक्त हुन्छ ।
१ आवश्यकता अनुसार अपाङ्गता पुनर्स्थापना केन्द्र स्थापनागरी अपाङ्गताको अवस्थाको आधारमा अनेकौं सिपमुलक तालिमको सिर्जना गर्ने।
२ एकद्वार नीतिलागु गर्नुपर्छ जे सिक्ने इच्छा राख्छ त्यही सिक्ने अवसर दिने र अनिवार्य उत्पादनशील कार्यमा ल्याउनुपर्ने बजार व्यवस्थापनको जिम्मा राज्यले लिने
३ आवश्यकता अनुसार अपाङ्गता भएकालाई रोजगारी प्रदान गर्ने उदेश्यले रोजगारिको क्षेत्र सुनिश्चित गर्ने ।
४ आवश्यकता अनुसार अपाङ्गता सामुहिक बस्ती व्यवस्थापन गर्ने ।
५ आवश्यकता अनुसार अपाङ्गता सामुहिक आवास निर्माण गर्ने ।
६ सबैभन्दा महत्त्वपूर्ण कुरा हरेक व्यक्तिभित्र भएको क्षमताको पहिचान गरेर सुहाउँदो अवसर सृजनागरि प्रयोगमा ल्याउनुपर्छ ।

राज्यभित्र कुनैपनी उदेश्यका नयाँ निर्माण कार्यगर्दा हरेक भवन व्यक्तिगत, सरकारी वा गैरसरकारी सम्पुर्ण भवनको न्युनतम भुईतल्ला Ground floor अपाङ्गमैत्री बनाउनु पर्ने नीति हुनुपर्छ । त्यस्तै शिक्षा र स्वास्थ्य सँग सम्बन्धित सबै भवनहरू पुर्णरूपमा अपाङ्गता मैत्रीपुर्ण हुनुपर्छ । त्यस्तै सार्वजनिक स्थल, बाटोघाटो, बिश्रामस्थल इत्यादि निर्माण गर्दा अपाङ्गमैत्री नै हुनुपर्छ ।

लेखकः शारीरिक अपांगता बसन्ती ओलि