लुम्बिनीका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा बर्दियाका ज्ञवाली नियुक्त

दाङ, १४ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको राजनीतिक सल्लाहकारमा बर्दिया गुलरिया नगरपालिका–४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गर्नु भएको छ ।

एमाले बर्दिया इन्चार्ज र केन्द्रीय सदस्य ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकारका नियुक्त गर्नु भएको हो । स्नातकसम्म अध्ययन गर्नु भएका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादक लगायत विभित्र सामाजिक संघ संस्थामा काम गरिसक्नु भएको छ । पञ्चायत कालमा भूमिगत जीवन विताउनु भएका ज्ञवालीले ८ बर्ष जेल जीवन समेत विताउनु परेको थियो ।


अनेरास्ववियूको केन्द्रिय सदस्य हुदै युवा संघको राजनीति गर्नु भएका ज्ञवालीले किसान र भूमि आन्दोलनलाई उचाईमा पु¥याउन योगदान रहेको छ । लुम्बिनी प्रदेशलाई सबैहिसावले सफल बनाउनेगरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने ज्ञवालीले बताउनु भएको छ ।