जनप्रतिनिधिको क्षमता बढाउँदै ‘तुलसीपुर’

तुलसीपुर, ६ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिहरुलाई नेतृत्व विकास गर्ने गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडाका सदस्यहरुलाई सोमबार नेतृत्व विकास तालिम दिईएको हो ।

उनले यसलाई निरन्तरता दिने बताईन् । “जनप्रतिनिधिलाई नेतृत्व विकास गर्न आबश्यक छ”,उनले भनिन्“सोही अनुसार नियमित यस्ता तालिमहरु दिइरहनु पर्छ ।” जनताको नजिकको सरकार नै वडा सरकार रहेको भन्दै नेतृत्वमा हुनुपर्ने गुणहरु, वडाको बजेट कसरी परिचालन गर्ने, जनतालाई सेवा कसरी गर्ने, जनताका आबश्यकता बुझ्ने खालका तालिमहरु नियमित दिनु पर्ने भन्दै सोही अनुरुप तालिम दिईएको बताईन् । उनले समय–समयमा यस्ता तालिम दिइरहने बताईन् ।


वडाले राम्रो गरेमा मात्रै समग्र उपमहानगरपालिकाले राम्रो गर्न सक्ने प्रत्येक्ष जनतासंग जोडिएको वडा सरकारले प्रभाबकारी कार्य गर्नुपर्ने उनको भनाई छ ।“वडा सरकार जनतासंग जोडिने सरकार हो”,उनले भनिन् “वडाले राम्रो गरेमा मात्रै समग्र उपमहानगरले राम्रो गर्ने कुरा हो,त्यसैले पनि हामीले यस्ता तालिम दिने गरेका हौं ।”

उपप्रमुख चौधरी र मेट्रो कलेजका प्रिन्सिपल बसन्त आचार्यले तालिम दिएका थिए । तालिममा १९ वटै वडाका जनप्रतिनिधिहरु सहभागि भएका थिए । एक चरण महिला जनप्रतिनिधि र अर्को चरणमा पुरुष जनप्रतिनिधिहरुलाई तालिम दिइएको हो । तुलसीपुरका १९ वडामा ७६ वडा सदस्य छन् ।