सेन्टर मावि देशकै उत्कृष्ट भएपछि……

तुलसीपुर, ७ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित मावि तुलसीपुर सेन्टर देशकै उत्कृष्ट भएपछि तुलसीपुर ¥याली निकालिएको छ । सोमबार विद्यालयबाट निकालिएको ¥यालीले बजार परिक्रमा गरिएको हो ।

त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले देशकै प्रथम हुनुले दाङको इज्जतलाई थप उचाईमा पु¥याएको बताउनुभयो । शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी सबैको लगावले नै विद्यालय उत्कृष्ट हुन सफल भएको भन्दै यसलाई जोगाई राख्ने समेत बताउनुभयो । ब्यबस्थापन पक्ष बलियो भएमा विद्यालयको नतिजा सुधार हुने समेत उहाँको भनाई थियो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सामुदायिक विद्यालयको सुध्रिदा नै सबै बर्गले सहज शिक्षा पाउने बताउनुभयो । अहिले दाङकै इज्जत राख्ने गरि देशकै प्रथम भएको भन्दै आगामी दिनमा पनि यसलाई जोगाई राख्नु पर्ने उहाँले बताउनुभयो ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको हो । शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसका अवसरमा ३ लाख नगदसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएको हो । विद्यालयमा हाल २ हजार ८ सय विद्यार्थी अध्ययनरत छन् ।

शिक्षक र ब्यबस्थापन समिति सामुदायिक विद्यालयमा
उक्त विद्यालयले चालु शैक्षिकशत्रदेखि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, सदस्य , शिक्षक अभिभावक संघमा आबद्ध तथा शिक्षकहरुले सोही विद्यालयमा अध्यापन गराएका छन् । यस अघि आफ्ना सन्तानहरुलाई निजि विद्यालयमा राख्ने गरेको भएपनि चालु शैक्षिक शत्रमा निर्णय गरेर कार्यान्वयन गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरिएको समेत उहाँको भनाई छ ।“अहिले शिक्षक, विब्यस, अभिभावकसंघ सबैका सन्तान विद्यालयमै पढ्छन्”,उहाँले भन्नुभयो“त्यो निर्णय लागु नगर्ने दुई जना शिक्षकले राजीनामा दिएर जानु भयो,किनकी हामीले नियम नै त्यस्तो बनाएका थियौं ।”

विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारकालागि समिति, शिक्षक तथा संघमा आबद्धहरुले सोही विद्यालयमा पढाएको बताउनुभयो । त्यसले पनि शैक्षिक सुधारमा टेवा पुग्ने उहाँको भनाई छ ।


विद्यालयले तीन तहमा पठन–पाठन गराइरहेको छ । नेपाली माध्याम, मध्याम अंग्रेजी र बिशिष्ट खालको अंग्रेजी माध्याममा पठन–पाठन गराइरहेको उहाँको भनाई छ । शिशु,एलकेजी र युकेजीमा २५÷२५ जना, कक्षा १ देखि ५ सम्म ३०÷३० जना र ६ देखि माथि ४०÷४० जनालाई त्यस्तो कक्षा दिईएको छ ।

खेलमा पनि सक्रिय
उक्त विद्यालय खेल क्षेत्रमा पनि सक्रिय छ । कराते,तेक्वान्दो,भलिबल, एथ्लेटिक्स, फुटबलको प्रशिक्षक राखेर खेल खेलाउने गरिएको छ । त्यसले परिणाम दिन थालेको समेत प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

संगीतको कक्षा चलिरहेको छ । जसबाट विद्यार्थीहरुले संगीत गरेर आम्दानी पनि गरिरहेका छन् । पठन पाठनकालागि डायरी सिस्टम लागु भएको छ । जसमा कुन शिक्षक कति बजे पढाउन गएको, कति बजे निस्केको, कति बुझेको जस्ता कुराहरु त्यो डायरीमा टिप्ने उहाँले बताउनुभयो ।

पाँच प्राबिधिक विषय पनि अध्ययन
विद्यालयमा पाँचवटा प्राबिधिक कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । जेयोमेटिक डिप्लो, आईटी डिप्लोमा , इलेक्ट्रिकल ९–१२, इलेक्ट्रिकल र आइटीमा २४ महिने कक्षाहरु सञ्चालन भइरहेका छन् ।

उक्त विद्यालय तुलसीपुर बजार क्षेत्रको राम्रो सामुदायिक विद्यालय हो । जहाँ विद्यार्थी भर्ना समेत पाउने अबस्था छैन । कक्षा क्षमता भन्दा बढि विद्यार्थी आएमा भर्ना रोक्ने अबस्था आउने गरेको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।