प्रथम कुबेर बहादुर शाह स्मृति कप भलिबलको तयारी पूरा

लक्ष्मण बस्नेत
दाङ, २ असोज ।
दाङको तुलसीपुरमा भोलि बिहिवार देखि सुरु हुने स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ ।

नेपाली काँग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसिसीपुरमा संचालन हुन लागेको प्रतियोगिताको नेपाली काँग्रेसका केन्द्रीय सदस्य,पुर्व मन्त्री माननीय दिपक गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नगर सभापती सुरेश हमालले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम मध्याह्न १२ बजेका लागि तय गरिएको सभापति हमालले जानकारी दिनुभयो । तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको विकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको आतिथ्य सत्कार,आर्थिक ब्यबस्थापन,प्रचारप्रसार, खेल मैदान तथा मञ्च निर्माण लगाएतका सबै तयारी पूरा गरिरेकोछ ।

३ दिन सम्म चल्ने प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लाका १२ टिमको सहभागिता रहने प्राबिधिक ब्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरिले जानकारी दिनु भएको छ ।


प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएकोछ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ । जसअनुसार बेष्ट प्लेयर हुने खेलाडिले तीन हजार पाँच सय, नगद ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर,वेष्ट ब्लकर र वेष्ट लिब्रो लाई क्रमशः जनही दुई हजार पाँच सयका दरले नगद तथा ट्रफी,प्रदान गरिने आयोजक नेपाली काग्रेस तुलसीपुर नगर कार्यसमितिका सदस्य गोरख वलिले जानकारी दिनु भएकोछ ।

प्रतियोगिताका खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ भने खेल तालिका टाईसिट बिहिवार बिहान ९ बजेका लागि तोकिएको आयोजकले जानकारी दिएकोछ । यसैबिच आयोजकले भोलि हुने प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि भलिबल प्रेमी खेलाडी,खेलकुद सम्बद्ध संघर संस्था,राजनितिकदल,पत्रकार लगाएत सबैमा हार्दिक अनुरोध गरेकोछ ।