डा.बसन्त लामीछानेको प्रोफेसरमा पदोन्नती

दाङ, २४ भदौ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्त्रीरोग तथा प्रसुति बिभागको प्रोफेसरकोरुपमा डा.बसन्त लामिछानेको पदन्नोनी भएको छ ।

प्रतिष्ठानले प्रोफेसरको रुपमा प्रसुति रोग विशेषज्ञ समेत रहेका डा। लामिछानेलाई नियुक्ति दिएको हो । यसअघि प्रतिष्ठानको रेक्टर (शिक्षाध्यक्ष) भई उनले काम गरेका थिए ।


प्रतिष्ठानमा लामो समय काम गर्ने अनुभबि चिकित्सककारुपमा लामिछाने रहेका छन । प्रतिष्ठानमा लामो समय काम गरेर प्रोफेसरको नियुक्ति पाउने पहिलो चिकित्सक लामिछाने हुन् ।