८७ सांसद रहेको लुम्बिनीमा चार मुख्यमन्त्री, ३९ मन्त्री

दाङ, १९भदौ । लुम्बिनीले साढे दुई वर्षमा चार मुख्यमन्त्री र ३९ मन्त्री पाएको छ ।

जसमा तीनजना तीनपटक मन्त्री भएका छन् भने ६ जनाले दुईपटक मन्त्री बन्ने अवसर पाएका छन् । प्रदेश सभा सदस्यको संख्या ८७ छ ।

यो अवधिमा एमालेका दुई मुख्यमन्त्रीसहित ११ जना मन्त्री बनेका छन् । कांग्रेसबाट एकजना मुख्यमन्त्रीसहित ६ र माओवादीबाट एक मुख्यमन्त्रीसहित पाँचजना मन्त्री भएका छन् ।


एक सिट रहेको एकीकृत समाजवादीका भगवती अधिकारीदेखि स्वतन्त्र सांसद खड्ग बस्नेतले मन्त्री हुने अवसर पाएका छन् ।

एमालेका चेतनारायण आचार्य दुईपटक मन्त्री र एकपटक मुख्यमन्त्रीसहित तीनपटक मन्त्रिपरिषद् पुगेका छन् । माओवादीकी कृष्णा केसी र जसपाका भण्डारीलाल अहिर तीनपटक मन्त्री बनेका छन् ।

एमालेका भूमिश्वर ढकाल र दिनेश पन्थी तथा कांग्रेसका सरोज थापा, जनमतका चन्द्रकेश गुप्ता, नाउपाका धर्मबहादुर चौधरी दुईपटक मन्त्री बनेका छन् ।