चिराघाटमा आइ एन एफको समन्वायत्मक बैठक

निराश पाण्डे
शान्तिनगर, २७ जेठ ।
आइ एन एफ नेपाल दाङ शाखाको आयोजना एवं शान्तिनगर गाउँपालिकाको व्यवस्थापनमा निगरानी समुहका सदस्यहरु स्थानीय मानव बेचबिखन विरुद्धको समितीका सदस्यहरुबिच एक दिने समन्वायत्मक बैठक शुक्रबार चिराघाटमा सम्पन्न भएको छ ।

शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष प्रेमा बुढाथोकी केसीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न समुहका प्रतिनिधिहरुले आफ्नो समुहले भए गरेका बर्ष भरिका गतिविधिहरुको समिक्षा गरेका थिए । कार्यक्रममा शान्तिनगर गाउँपालिकाकी निमित्त प्रमुख प्रसासकिय अधिकृत लेखा भन्डारी, वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर केसी, रोजगार संयोजक निम राज सापकोटा त्यसै गरि प्रहरी चौकी चिराघाटका इन्चार्ज खडक बहादुर डाँगी, स्वास्थ्य चौकी चिराघाटका इन्चार्ज घनश्याम पाण्डे लगायतले आ–आफ्नो बिचार राख्नु भएको थियो।


आयोजक संस्था आइ एन एफ दाङ शाखाले शान्तिनगर र बबई गाउँपालिकामा आफ्नो गतिविधिलाई तिब्र बनाएको छ। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि गरि ५ दर्जन बढिको सहभागिता रहेको कार्यक्रमको सहजीकरण संस्थाका सुभरभाइजर चुल्लु चौधरीले गर्नु भएको थियो।