तुलसीपुर, १ भदौ । दाङमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ४ अर्नवाका २४ बर्षका श्रृजना कवँर र सोही ठाउँका २० बषका कौशिला कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार दुवै जना महिलाले लागुऔषध कारोबार तथा सेवन गरीरहेको भन्ने गोप्य सुचनाको आधारमा शुक्रबार साँझ ४ : ३० वजे वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
श्रृजना कुवँरको घरको कोठामा संकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी सोहि कोठामा खोजी गर्दा लुकाई छिपाई राखेको अवस्थामा हरियो प्लाष्टिकमा कालो धागोले बाधि राखेको उक्त पदार्थ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने २८० मिलिग्राम खैरो रंगको धुलो पदार्थ प्रहरीले फेला पारेको थियो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
लाइभदाङ । १ भाद्र २०८१, शनिबार २२:३० बजे