कक्षा १२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

काठमाडौँ, १८ साउन । यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ ।

यस्तै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ९ हजार ५९१ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ४६ हजार ८९३ जना, २.८१ देखि ३।२० जीपीए ल्याउनेको संख्या ७८ हजार ७५ जना रहेको छ ।


यस्तै २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६१ हजार ३६ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार २४० जना, १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या १२ जना रहेको बोर्डले उल्लेख गरेको छ । यस्तै एनजी ल्याएर मौका परीक्षा दिन पाउने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ जना रहेको छ ।

मौका परीक्षा आउँदो भदौ २५ र २६ गते सञ्चालन गर्ने तयारी गरिरहेको बोर्डले जनाएको छ ।