तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट बालिका घाइते

तुलसीपुर, २४ असार । दाङको तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट तुलसीपुर ७ कालाखोलाका झक्कु प्रसाद भण्डारीको ४ बर्षीया छोरी सदिक्षा घाइते भएकी छन् ।
उनको टाउको र शरिरमा चोट लागेको छ ।

अबस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।


घाईते बालिकाको राप्ती लाईफ केयर अस्पताल मोतिपुरमा उपचार भईरहेको छ ।
सोमबार विहान करिब १० बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ब १०४१ नम्बरको मोटरसाइकलले पैदल यात्रु भण्डारीलाई कालाखोला नजिकै ठक्कर दिएको हो ।

मोटरसाइकल चालक बबई गाउँपालिका ४ का ३० वर्षका आसकुमार राना उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।