हिरालाल वली ‘जनार्दन’
तुलसीपुर, २२ असार ।
आहा तुलसीपुर अभियानको कार्यसमिति पुनः गठन भएको छ । आज बसेको बैठकले कार्यसमिति चयन गरेको छ । नीरज बस्यालको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको छ ।
जसमा वरिष्ठ उपाध्यक्षमा तुफान वली, उपाध्यक्षमा सरिना केसी, सचिवमा अभिषेक दाहाल, सह–सचिवमा ज्ञानुमाया बुढाथोकी , कोषाध्यक्षमा सुनित विक, सदस्यहरू रेणु भुषाल , घनश्याम काफ्ले र अजित सुनार चयन भएका छन् ।
संस्थाले समाजिक उत्तरदायित्वसँगै युवा उद्यमशिलतामा जोड दिने अध्यक्ष बस्यालले जानकारी दिनु भएको छ । विभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न भएको थियो । सुनीत विकको अध्यक्षतामा भएको बैठकको सहजीकरण अभिषेक दाहालले गर्नु भएको थियो ।
लाइभदाङ । २३ असार २०८१, शनिबार १९:२७ बजे