ब्राउनसुगर कारोबार गरिरहेको अबस्थामा फेला पारि पक्राउ गर्ने प्रहरी हवलदारसहित तीन प्रहरी पुरस्कृत

तुलसीपुर
८ मंसिर / ब्राउन सुगर कारोवार गरिरहेको अबस्थामा ब्यक्तीहरु पक्राउ गर्ने प्रहरी हवलदारसहित तीनजनालाई पुरस्कृत गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले प्रहरी हवलदार देवबहादुर विक, दलबहादुर सुनार र सुनिल थारुलाई क्रमस : एक हजार र ९/९ सय रुपैँयाले पुरस्कृत गरेको हो ।


उनीहरुले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बस्ने धिरेज बुढाथोकी, प्रख्यात शाह, सुशिला श्रेष्ठ र रोहन श्रेष्ठहरुको समूहले २० ग्राम ५१० मिलिग्राम लागुऔषध विक्रीवितरण गरिरहेको अबस्थामा पक्राउ गरेको भन्दै पुरस्कृत गरिएको कार्यालय प्रमुख श्यामु अर्यालले बताए ।

साथै नावालिकालाई जबरजस्ती करणी गरि घटनास्थलबाटै भागि फरार रहेका प्रतिवादी दिनेश चौधरीलाई घरमै लुकिछिपी बसिरहेको अबस्थामा फेला पारेको भन्दै पुरस्कृत गरिएको हो । शान्ति सुरक्षा, अपराध अनुसन्धान कार्यलगायत संगठनले सुम्पिएको दायित्व, ईमान्दारिता र वफादारिताका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दा सकारात्मक प्रभाब पर्ने भन्दै आफूहरुले पुरस्कृत गरेको उनको भनाई छ ।