कक्षा १२ मा शान्तिनगरबाट सोहिना उत्कृष्ट

निराश पाण्डे
शान्तिनगर, १९ साउन । शान्तिनगर गाउँपालिका वडा नम्बर ७ स्थित शिब शक्ति माध्यमिक बिद्यालय धनौरिकि छात्रा सोहिना शाह कक्षा १२ मा ३.७ जिपिए ल्याइ शान्तिनगरमै उत्कृष्ट बनेकि छन।

राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को शुक्रबार नतिजा सार्बजनिक गरे अनुसार शान्तिनगर गाउँपालिका अन्तरगतका चार माद्यामिक बिद्यालय हरुले ३ सय १२ जना परिक्षार्थी हरु परिक्षामा सहभागि गराएकोमा २ सय ७७ जना उत्तीर्ण भएका छन भने ३५ जना अनुत्तीर्ण भएको जनाइएको छ।

जस अनुसार बि पि माद्यामिक बिद्यालय बयाले बाट ८६ जना परिक्षामा सहभागी भएकोमा ७६ जना उत्तीर्ण , बुद्ध माद्यामिक बिद्यालय शान्तिपुर बाट ४६ जना परिक्षामा सहभागी भएकोमा ४४ जना उत्तीर्ण भएका छन।


त्यसै गरि शिब शक्ति माद्यामिक बिद्यालय धनौरि बाट ६७ जना परिक्षामा सहभागी भएकोमा ५८ जना उत्तीर्ण भएका छन र जनकल्याण माद्यामिक बिद्यालय सिमसुन्दरपुर बाट १ सय १३ जना परिक्षामा सहभागी भएकोमा ९९ जना उत्तीर्ण भएको जनाइएको छ।

३ सय ११ जना परिक्षार्थि लाइ पछि पार्दै शिब शक्ति माद्यामिक बिद्यालयकि छात्रा सोहिना शाह यस बर्षको शान्तिनगरको उत्कृष्ट बिद्यार्थी बनेकि छन।त्यसै गरि बि पि माद्यामिक बिद्यालयकि मनिषा परियारले ३.६५ जिपिए ल्याइ दोस्रो बनेकि छन भने जनकल्याण माद्यामिक बिद्यालय बाट सहभागि बिद्यार्थी ३.६४ जिपिए ल्याइ तेस्रो हुन सफल भएका छन।

यता ९५.६५ प्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल बुद्ध माद्यामिक बिद्यालय शान्तिपुर गाउँपालिकामा पहिलो भएको छ।त्यसै गरि बिपि माद्यामिक बिद्यालय बयालेले ८८.३७ प्रतिशत बिद्यार्थी उत्तीर्ण गराइ दोस्रो भएको छ भने जनकल्याण माद्यामिक बिद्यालयले ८७.६१ प्रतिशत बिद्यार्थी उत्तीर्ण गराइ गाउँपालिकामा तेस्रो स्थान ल्याएको छ।