दाङ–सल्यान सडख खण्ड १५ दिनसम्म दैनिक ८ घण्टा बन्द हुने

तुलसीपुर
८ मंसिर / सडक स्तरोन्नती गर्नुपर्ने भएकाले दाङ–सल्यान सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

राप्ती लोकमार्ग राम्रीदेखि सल्यान चोरखोलासम्म मंसिर ७ गतेदेखि २१ गते सम्म बन्द हुने भएको हो ।


जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना प्रकाशित गर्दै दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि ३ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सवारी साधनको आवागमन बन्द रहने जनाएको छ ।