हिमालमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न

तुलसीपुर, १२ असार ।
तुलसीपुर स्थित हिमाल एकाडेमीद्वारा मंगलबार एक कार्यक्रमका बिच जेष्ठ महिनाका उत्कृष्ट विद्यार्थी तथा विभिन्न कार्यक्रमका बिजयी विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच पदक नगद र सम्मान पत्रले सम्मान गरिएको छ ।

कक्षा ४ बाट आयुश बुढाथोकी कक्षा ५ बाट भुमिका सिंह कक्षा ६ बाट जेनिश चौधरी कक्षा ७ बाट प्रणभ लामिछाने कक्षा ८ बाट एलिश बुढाथोकी कक्षा ९ दीप शिखा कार्की र कक्षा १० बाट ठाकुर प्रसाद रावतलाई उत्कृष्ट विद्यार्थी अवार्डबाट सम्मान गरिएको हो ।

त्यसै गरि स्काउट लुम्बिनी प्रदेशको आयोजनमा भएको प्रदेश स्तरिय बक्तृत्वकलामा तृतिय स्थान प्राप्त गर्ने हिमाल एकाडेमि स्काउटकि सौम्या पराजुलीलाई नगद ५००० सहित सम्मान गरिएको थियो ।


चित्रकला प्रतियोगिता तथा लोक गित गायन प्रतियोगितामा बिजयी विद्यार्थीहरूलाई पनि पदक तथा प्रमाणपत्रद्वारा सम्मन गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक मधुसुधन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवीन कुमार पराजुली सहायक प्रधानाध्यापक राधा पोख्रेल सञ्चालक समिती सदस्य गणेश अधिकारीले विद्यार्थीको चौतर्फी विकासमा अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भुमिका रहने बताउदै सबैको सामुहिक प्रयासबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालय संयाजक दोर्ण चन्दले गर्नु भएको थियो ।