प्रत्येक महिना अवार्ड पाउछ‘तुलसीपुर नगरजेसिज’

तुलसीपुर, ११ असार । तुलसीपुर नगर जेसिजले प्रत्येक महिना अवार्ड पाउने गरेको छ । पूर्ण विक्रम डाँगी बर्ष २०२४ को अध्यक्ष बनेपछि प्रत्येक महिना अवार्ड पाउन थालेको छ ।

प्रत्येक महिना झै अप्रिल/मे महिनामा एक सय प्रतिशत इफिसेन्सी अवार्ड प्राप्त गरेको छ । नेपाल जेसिजले गरेको परिपत्र अनुरुप कार्यक्रम गरेको भन्दै अवार्ड प्रदान गर्ने गर्दछ । सोही अनुसार प्रत्येक महिना अवार्ड प्राप्त गर्ने गरेको अध्यक्ष डाँगीले बताए ।


यो अवार्डले तुलसीपुर नगर जेसिजलाई थप हौसला थपेको उनको भनाई छ । जेसिज युवाहरुको संस्था भएकाले समाज सुधारकालागि सचेतनामुलक कार्यक्रमदेखि अन्य कार्यक्रमहरु पनि गर्दै आएको उनले बताए ।

अध्यक्ष डाँगीले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।