लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

दाङ, ७ असार ।
लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । नेपाली काँग्रेसको अवरोधका कारण रोकिएको शुक्रबारको बैठक स्थगित भएको हो । अब ९ असार, आईतबारको दिन विहान ८ बजे बैठक बस्ने छ ।

शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो ।

संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैया बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए ।


उनले विपन्नवर्गसंग जोडिएका कार्यक्रमहरु कटौटी गरेको र नयाँ नल्याएको समेत बताए । शुक्रबार आगामी आर्थिक बर्ष २०८१/०८२ को‘राजश्व र व्ययको वार्षिक अनुमान’ माथिको सैद्धान्तिक छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरुको आर्थिक मामिला तथा योजना मन्त्री चेत नारायण आचार्यले जवाफ दिने कार्यसूचि रहेको थियो ।

त्यस्तै मन्त्री आचार्यले आगामी आर्थिक बर्षको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्य सूचि रहेको प्रदेशसभा सचिब दुर्लभ कुमार पुनले बताए ।