डिजिटल साक्षरताकालागि दंगीशरणमा २२० बढि घरमा वाइफाइ जडान

दंगीशरण, १ असार ।
दंगीशरण गाउँपालिका वडा नं.६ ,५, ३, र ४ मा साझेदारीमा वाइफाई जडान गर्न थालिएको छ । जर्सी ओभरसिज एडको आर्थिक सहयोग, प्राक्टिकल एक्सनको साझेदारी, डिपोक्स नेपाल र गाउँपालिकाको सहकार्यमा समुन्नती डिजिटल वडा अन्तर्गत साक्षरता अभियानमा सहभागिहररूको घरमा वाइफाई जडान गर्न थालिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।

उहाँका अनुसार समुहका सदस्यको थोरै लगानि र धेरैजसो लगानि डिप्रोक्स र ओभरसिजको लगानीमा वाइफाई जडान गरिने भएको छ । गाउँपालिकालाई डिजिटल प्रणालीमा विकास गर्ने योजनासहित यो कार्यक्रममा सहकार्य गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।


पहिलो चरणमा झन्डै २ सय २० भन्दा बढि घरमा वाइफाई जोड्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । वाइफाई जडान गरिएसँगै सम्पुर्ण इन्टरनेटिय कामहरु गर्न सहज हुने अपेक्षा गरिएको छ । पछिल्लो समय हरेक काम घरमैवसी डिजिटल माध्यमबाट गरी समय र आर्थिक कुराको बचतमा सहयोग मिल्ने स्थानीयहरुको अपेक्षा रहेको दिप्रोक्सका कल्पना खड्काले बताउनुभयो ।