तुलसीपुर ईशानले गर्यो बबईमा आँखा शिविर

निरला अर्याल
बबई, २६ जेठ ।
लायन्स क्लव अफ तुलसीपुर ईशानको आयोजन तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा बबई गाउँपालिका निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ तुलसीपुर ईशानका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतमा एबं बबई गाउँपालिकामा अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले राज्यले गर्नु पर्ने काम सामाजिक संघ संस्थाले गरेको बताउनु भयो ।

सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले तुलसीपुर इशनले बबई गाउँपालिकामा रहेका आँखाका बिरामीहरूलाई सेवा दिएकोमा खुसी व्यक्त गर्नु भयो । यस्तै तुलसीपुर ईशानका अध्यक्ष ऋषि भण्डारीले तुलसीपुर ईशानले आफू भन्दा कम भाग्यमानीहरुलाई सेवा दिएको बताउनु भयो।


मानिसको सवेदनशिल अंग आँखा हो । संसार देख्ने दृष्टि यदि दृष्टिविहीन भयो भने मानव जीवन अन्धकार हुन्छ । आँखाको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा ईशानले राज्यले गर्नु पर्ने जिम्मेवारी गर्दै आएको बताउनु भयो। शिविरमा २ सय २६ जनाको आँखा जाँच गरिएको नेत्र सहायक शान्ता रेग्मीले बताउनु भयो।

जसमा जटिल प्रकृतिका १६ जनालाई राप्ति आँखा अस्पताल रिफर गरिएको छ । १ सय २४ जनालाई चस्मा वितरण गरिनुका साथै मोतिबिन्दुको सल्यक्रिया गर्ने बिरामीलाई अस्पतालमा रिफर गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा लायन्स क्लव अफ तुलसीपुर इशनका संस्थापक अध्यक्ष बुद्ध प्रकाश सिंह, बबई गाउँपालिकामा स्वास्थ्य प्रमुख हरी खड्का लगायतकाले शुभकामना राख्नु भएको थियो ।

संस्थाका कोषाध्यक्ष केशबराज न्यौपानेको स्वागत मन्तव्यबट सुरु भएको कार्यक्रमको सहजीकरण सह–सचिव सरद शर्माले गर्नु भएको थियो ।