बिरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलिमा २ दिने स्थानिय पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम

दंगीशरण, २५ जेठ ।
दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित २ दिने स्थानिय पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम बिरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलिमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा २ दिने प्रवोधिकरण सम्पन्न भएको हो ।

पाठ्यक्रम प्रवोधिकरण समापन कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गतबर्ष पाठ्यक्रम निर्माण भएतापनि पाठ्यपुस्तक वितरण गर्न प्राविधिक कारण ढिलाई भएको बताउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष गिरीले पुस्तक हेरर मात्र पढाउने बानि कम गर्न आग्रह गर्नुभयो । शिक्षकहरु प्रविधि अनुरुप रुपान्तरीत हुनु आजको आवश्यकता रहेको अध्यक्ष गिरीको भनाइथियो ।

विद्यार्थीहरुलाई आफ्नै संस्कृती संस्कार र रीतिरिवाज वारे जानकारी लिन स्थानिय पाठ्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।पछिल्लो समय नागरीक तथा नैतीक शिक्षाको कमिले चाल चलन परम्परा र शस्कारमा समेत कमि आएको अध्यक्ष गिरीले बताउनुभयो ।

समापन अवसरमै सिद्ध पृथ्वी जनता माध्यमिक विधालय श्रीगाउका शिक्षक गुरु गौतमले स्थानिय तहले पाठ्यक्रम निर्माण गरेसङ्गै स्थानिय कुराहरुको वारेमा विद्यार्थीले जान्न पाउने अवर प्राप्त भएको बताउनुभयो । स्थानिय पाठ्यक्रमले सिमित आफ्नो वरपरको मात्र कुरा सिक्ने नभई समग्र कुरालाई समेट्न सक्नुपर्ने उहाँको भनाइथियो ।


सोहि अवसरमा सदावहार ज्ञानकुन्जका वालुराम डाङ्गीले अब छिट्टै पाठ्यपुस्तक वितरणगरी शिक्षण सिकाइमा सहयोग पुर्याइदिन आग्रह गर्नुभयो ।

यस्तै माध्यमिक विद्यालय मधपुरका शिक्षक छवि एरीले कार्यक्रमले स्थानिय पाठ्यक्रमको वारेमा धेरै कुरा सिक्न पाएकोप्रती खुसि ब्यक्त गर्नुभयो ।