निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा बिमा क्षतिपूर्ति रकम हस्तान्तरण

ओमप्रकाश गुप्ता
भालुवाङ, २५ जेठ ।
दाङको एक लघुवित्त वित्तीय संस्थाले मृतक परिवारलाई बिमा क्षतिपूर्ति रकम प्रदान गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिसहनियाँले शुक्रबार लमही नगरपालिका–३ उत्तर फल्कापुरमा संस्थाले गठन गरेको फल्कापुर महिला समुहकी सदस्य स्वर्गीय चम्फी चौधरीको परिवारलाई बिमा क्षतिपूर्ति प्रदान गरेको हो ।

शाखा प्रमुख नेपाल चौधरीको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर ३ का वडा सदस्य सुमन अधिकारीको प्रमुख आतिथ्यतामा मृतक चम्फी चौधरीको श्रीमान तुल्सीराम चौधरीलाई ३ लाख ५० हजार कर्जा लिएकोमा कर्जाको १७२.०२ प्रतिशतले हुन आउने ६ लाख २ हजार ७० रूपैयाँ बिमा वाफतको क्षतिपूर्ति रकम हस्तान्तरण हो ।


सो रकम शाखा प्रमुख नेपाल चौधरीले स्वर्गीय चम्फीका श्रीमान् तुल्सीराम चौधरीलाई हस्तान्तरण गरेका थिए । स्वर्गीय चम्फी चौधरीको २०८१ साल वैशाख ६ गते ५२ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको थियो । बिमा रकम हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरूले वित्तीय संस्था सुख, दुःखको साथी भएको बताउँदै संस्था र समुहलाई चलायमान बनाउन सवै जिम्मेवार हुन आवश्यक रहेको बताए थिए ।

त्यस्तै वक्ताहरूले महिला समुहका सदस्यहरूलाई ऋणको सहि सदुपयोग गर्न सुझाव समेत दिएका थिए । ऋणलाई सहि तरिकाले प्रयोग गरे यसले आर्थिक क्षेत्रमा समेत फट्को मार्ने बताएका थिए । सो अवसरमा समाजसेवी तथा बुद्धिजीवी खुमप्रसाद पौडेल, पत्रकार ओमप्रकाश गुप्ता, लगायतका वक्ताहरूले बोलेका थिए । संस्थाकी लेखा प्रमुख पार्वती मरासिनीले स्वागत तथा विषय वस्तु बारे जानकारी गराएको कार्यक्रमको सञ्चालन सहायक कर्मचारी शशिराम बोहराले गरेका थिए ।