दंगीशरण, २४ जेठ ।
डेक नेपाल बाकेको आयोजना राप्ती बहिरा संघ राप्ती पालिका स्तरीय अपाङ सन्जाल दंगीशरण गाउँपालिकाको समन्वय,र महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय खजुरा गाउँपालिका बाकेको सहयोग साझेदारीमा अपाङ्गता भएका ब्यक्तीहरुका सहयोगि सामाग्री स्कृनिङ शिवीर दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
अपाङ्ग संजाल दंगीशरणका अध्यक्ष रोशन गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा स्कृनिङ शिवीर सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अथिती दगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आपाङ्गताको क्षेत्रमा आफुले थुप्रै कार्यक्रमहरु गरेको र उचित बजेट समेत बिनियोजन गरेको बताउनुभयो । आफु निर्वाचित भएर आइसकेपछि चाहे सहायक सामाग्री बितरण होस् चाहे अपाङ्गता न्युनिकरणका लागि होस् हरेक तवरले अपाङ्गता भएका ब्यक्तीहरुको सम्मानका लागि सधै सकारात्मक रहेको बताउनुभयो ।अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले सपाङ्गहरुले पनि अपाङ्गता भएका ब्यक्तीहरु प्रती बोलिने भाषा र व्यबहारमा समेत माया र सम्मानको भाब दिनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष अपाङ्ग संजाल दंगीशरणका अध्यक्ष रोशन गिरीले दंगीशरणका सम्पुर्ण अपाङ्गताभएका ब्यक्तीको हक अधिकारको लागि आफु लागीपरेको बताउनुभयो । आफुहरु दंगीशरणलाई अपाङ्गतामैत्री पालिका निर्माणमा लागीपरेको बताउनुभयो ।
सामाग्री स्कृनिङ शिविरमा १४० जना अपांगता भएका ब्यक्तीहरुले सेवा लिएकाथिय । जसमध्य शिविरमा आवास्यक सामाग्री निःशुल्क पाउनेमा कृतीम खुट्टा १० जना,हुइल चियर ८ जना,एल्बो स्टिक ६ जना,बैषाखि ४ जना,सेतो लठ्ठी ५ जना,कृतिम हात ४ जना,ट्वाइलेट चियर ५ जना,सिपि चियर १ जना,कालो चस्मा ८ जना,सेतो लठ्ठी ४ जना,र श्रबण मेसिन २० जनालाई सामाग्री प्रदान गर्ने गरी शिवीर समापन भएको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको बजेट मार्फत सामाग्री निःशुल्क वितरण गरीने डेक नेपालका राम शंकर यादवले जानकारीदिनुभयो ।
लाइभदाङ । २४ जेष्ठ २०८१, बिहीबार ०९:०७ बजे