तुलसीपुरका विद्यालय पाँच दिन बन्द

दाङ । गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द गरिएको छ ।

गर्मी ३९ डिग्री सेल्सियस भन्दा बढि भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।


उनका अनुसार २३ गतेदेखि पठनपाठन संचालन गरिने छ ।