बागचौर नगरपालिका वडा नं. ४ द्वारा विद्यालयमा फिल्टर वितरण

सल्यान, १६ जेठ ।
बागचौर नगरपालिका वडा नं .४ ले वडा भित्रका सबै विद्यालयहरूलाई फिल्टर वितरण गरेको छ । श्री सरस्वती मा. वि मा १३ वटा , शिदार्थ आ.वि काफलडाँडामा ७ वटा , भगवती आ.वि मा ४ वटा , शिशु जागरण आ.वि डुम्मारेमा ३ वटा र जनता आ.वि खोरबारे, लौराबाँङमा फिल्टर वितरण गरेको वडा अध्यक्ष कृष्ण बहादुर बस्नेतले बताए ।


विद्यार्थीहरूलाई स्वच्छ खानेपानी खुवाउने उदेश्यले फिल्टर वितरण गरेको अध्यक्ष बस्नेतले बताए । बागचौर नगरपालिका वडा नं. ४ का अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको हो । फिल्टर वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, वडा सचिव र जनप्रतिनिधिहरूको सहभागीता थियो ।