तुल बहादुर कवँर मगर
देउखुरी, १६ जेठ।
दाङ देउखुरीको राप्ती गाउँपालिकामा सञ्चालित एक हप्ते कृषि तथा पशुपालन सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ।
गाउँपालिकाको उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत सो तालिम सम्पन्न भएको हो। पालिकाले कृषिकहरुलाई व्यवसायिक कृषि र पशुपालन सम्बन्धी ज्ञान अभिवृद्वि गर्ने उदेश्यले तालिमको आयोजना गरेको हो।
तालिममा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले पशु पालनका फाईदा,चुनौती र नविन्तम प्रविधिका बारेमा र कृषि विकास शाखा प्रमुख वर्षाती गडरीया र प्रविधिक निर्मला गिरीले व्यवसायीक तथा बेमौसमी फलफूल तथा तरकारी खेतीको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
उक्त तालिममा गत महिना तालिमको लागि प्रकाशित सुचना अनुसार फारम भरेका १३ जना कृषकहरुको सहभागिता रहेको थियो ।
लाइभदाङ । १६ जेष्ठ २०८१, बुधबार २१:३३ बजे