लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

दाङ, ९ चैत ।
दाङमा लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरूलाई ९.२३० ग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवा निवासी ३५ वर्षिय सद्दाम मनिहार, २ नम्बर वडा निवासी २५ वर्षिय मनोज चौधरी, ४ नम्बर वडा उठैया निवासी २४ वर्षिय अनिल पछाई, वडा नम्बर ४ पर्सा निवासी २७ वर्षिय प्रदिप चौधरी र घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी १९ वर्षिय त्रिशक्ति बर्तौँला रहेका छन् ।


गढवा गाउँपालिका वडा नम्बर ४ पर्साबाट मंगलवार गएराति करिब दशबजे खाली घरबाट पाँचजनालाई लागु औषध सहित बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी गौतमले जानकारी दिनुभयो ।