तुलसीपुर,५ जेठ । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाको तुलसीपुर स्तरिय क्षेत्रगत भेला भएको छ । विष्णुप्रसाद पौडेलको अध्यक्षता तथा केन्द्रिय सदस्य भुवनेश्वर बुढाको प्रमुख आतिथ्य एवं तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
उपाध्यक्ष अजय केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा औषधी ब्यबसायीलाई लागुपदार्थ दुव्र्यशन सम्बन्धि प्रशिक्षण इलाका प्रहरि कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक नब चन्द्र मल्लले दिएका थिए, भने फार्मेसी सन्चालन जिपीपी सम्बन्धि प्रशिक्षण रमेस खनालले दिएका थिए ।
८० जना सहभागि सो कार्यक्रम मा तुलसिपुर उद्योग बाणिज्य सघ को नबनिर्बाचित कार्यसमिति तथा पदाधिकार हरु लाई शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो ।
साथै धर्म राज बुढा को सयोजक मा २ सदस्य भिम बस्नेत ,ओम प्रसाद डाँगी रहेको तुलसिपुर स्तरिय क्षेत्रगत उप समिति र अजय केसि को सयोजक मा ९ सदस्य थोक उप समिति गठन गरिएको थियो कार्यक्रमको सहजीकरण महासचिब सुनिल रेग्मि ले गरेका थिए ।
लाइभदाङ । ५ जेष्ठ २०८१, शनिबार २२:१४ बजे