सल्यानमा टिप्पर र मोटरसाइकल ठोक्किदा दुईजना घाइते

तुलसीपुर, २ असार ।  सल्यानमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भिर घाइते भएका छन् । लुहाम नजिकैको खोलामा रा १ ख २२२४ नम्बरको टिप्पर र रा ४ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नविन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुबैजनालाई उपचारकालागि दाङतर्फ पठाइदै छ ।


घाइते मध्य एकजनाको अवस्था गम्भिर रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।।