दंगीशरणमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण

दंगीशरण, ४ जेठ ।
दंगीशरण गाउँपालिका कृषि शाखाको आयोजनामा किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरीएको छ । उन्नत जातको धानको बिउ वितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले परम्परागत खेती प्रणालि हराउँदै गएको अवस्थामा आधुनिक खेती प्रणालीको विकासमा वृद्धि भएको बताउनुभयो ।

आफुहरु कृषि तर्फ जतिसक्यो किसानहरु लाभान्वित हुने खालका कार्यक्रमहरुका साथ अगाडि बढेको बताउनुभयो ।सोहि अनुरुपमा केहिदिनमा कृषि औजार तथा उपकरणहरु वितरण गर्ने तयारीमा रहेको उहाँको भनाइथियो । गाउँपालिकाले ब्यक्तीहरुलाई बिउ तथा औजारहरु नदिएर समुहरु मार्फत वितरण गर्ने गरीएको उहाँको भनाइ छ ।


संघिय ससर्त कार्यक्रम अनुसार उन्न्त धानको बिउहरु बहुगुणी–१ सुक्खा–२ चैते–५ हर्दिनाथ–६ रामधान लगायतका धानको बिउहरु वितरण गरीएको हो ।

गाउँपालिकाले सुचना जारी माग गरे बमोजिम विभिन्न समुहरुबाट मागभइ आएका माग अनुसार ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरीएको हो । आज एक कार्यक्रमको आयोजना गरी विभिन्न २० वटा कृषक समुहका ५०० जना किसानलाइ पुग्ने अपेक्षा सहित बिउ वितरण गरीएको कृषि शाखा प्रमुख शरु भुषालले बताउनुभयो ।