गुरुकुल एकेडेमी तुलसीपुरको प्रशासन प्रमुखमा सुष्मा आचार्य नियुक्त

घोराही, ३ जेठ ।
गुरुकुल एकेडेमी तुलसीपुरको प्रशासन प्रमुखमा सुष्मा आचार्य नियुक्त हुनुभएको छ । गुरुकुल एकेडेमीका संचालक समिति अध्यक्ष ई अनन्तराज घिमिरे अध्यक्षतामा आज बसेको बैठकले आचार्यलाई प्रशासन प्रमुखमा नियुक्त गरेको हो । बैठक पश्चात अध्यक्ष घिमिरेले खादा लगाई स्वागत, बधाई तथा पदभार ग्रहण गराउनुभएको हो ।

नव नियुक्त प्रमुख आचार्यले पदभार ग्रहण गर्दै विद्यालयलाई अझै उचाईमा पु¥याउनको लागि आफु माथि आएको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने उँहाले बताउनुभयो । बिएससि नर्सिङ पुरा गरी आज भन्दा करीव ८ बर्ष अगाडि राप्ति लाइफ केयर अस्पताल र नर्सिङ क्याम्पसमा बिएससि नर्सिङ संयोजकको रुपमा रहि शिक्षण पेशामा संलग्न रहनुभएको थियो ।


तुलसिपुर ६ रजौरा निवासि सुष्मा आचार्य गुरुकुल एकेडेमी तुलसिपुरको स्थापना बर्षबाटै संचालक समिति सदस्यमा रहि कार्य सम्पादन गर्दै आउनु छ । ब्यक्तिगत संस्थाहरुमा कार्यरत रहदै गर्दा भने अनुसार सन्तुष्ट हुन नसक्नु र आगामि दिनहरुमा आफु मात्र नभई समाजको सेवा पनि मिल्ने हेतुले कार्य क्षेत्र परीवर्तन गर्नुभएको आचार्यले गुरुकुल एकेडेमी तुलसिपुरमा आबद्ध भई साना बच्चाहरुको बेस बनाई उनिहरुलाई पुर्ण मानव बनाउने र देशको सेवा गर्ने र दाङ जिल्लामा शैक्षिक हवको रुपमा विकास गर्ने उद्धेश्यका साथ शैक्षिक क्षेत्रमा लागेको बताउनुभयो ।