रोल्पामा जीप दुर्घटना, तीन जनाको मृत्यु

राेल्पा, २८ कात्तिक । रोल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको सो जिप आइतबार बिहान ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।