दाङमा करेन्ट लाग्दा दुईजनाको मृत्यु

तुलसीपुर, १० चैत ।
दाङमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

शनिबार करिब २ बजेतिर विद्युतको तार चुडिएर करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


मृत्यु हुनेमा राप्ती गाउँपालिका—३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेका छन् । त्यस्तै करेन्ट लागेर ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका गोरखलाई थप उपचारको लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको थियो ।