रुकुम पश्चिमका एक युवा करिब २३ किलो चरेससहित पक्राउ

रुकुम पश्चिम, ५ बैशाख । रुकुम पश्चिमका एक युवा करिब २३ किलो चरेस सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका ५ का ३४ वर्षीय बमबहादुर पुन रहेको प्रहरीले जानकारी दिएको छ । चेकिङका क्रममा पुनसँग रहेका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस  बरामद भएको छ ।


आज मंगलबार बिहान करिब ४ बजेको समयमा बर्दियाको बढैयाताल गाउँपालिका २ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहाले चेकिङका क्रममा उनलाइ पक्राउ गरेको हो । उक्त समानसहित नेपालबाट भारततर्फ जान लाग्दा पुनलाई नियन्त्रणमा लिईएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।